बेलायतमा कोरोनाबाट ज्यान जाने नेपालीको संख्या ९ पुग्यो

ओकेखबर संवाददाता २ बैशाख २०७७, मंगलवार ०९:०८ मा प्रकाशित ( साल अघि) ३७७ पाठक संख्या

एजेन्सी । कोरोनाभाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ ।

रेडिङस्थित बर्कशायर अस्पतालमा उपचारका क्रममा कास्की घान्द्रुकका ६५ वर्षीय लक्षिणबहादुर गुरुङको सोमबार बिहान निधन भएको छ ।

अस्पताल भर्ना भएपछि उनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । पछिल्लो १ साता उनलाई भेनिलेटरमा राखेर उपचार गरिएको थियो ।

गुरुङका श्रीमती र दुई छोरीहरु बेलायतमा नै बस्दै आएका थिए ।

त्यसो त बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ९ जना पुगेको छ । भने कोरोनाकै कारण बेलायतमा मात्र १० हजार भन्दा बढीले ज्यान गुमाएका छन् ।


सम्बन्धित खबरहरु