काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी विजयी भएका छन् ।
एमाले उम्मेदवार दमन भण्डारीले ११ हजार ६ सय १३ मत प्राप्त गर्दा कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।
माओवादीका जनक बुढाले ३ हजार ८ सय ३१ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याएका छन् । शनिबार भएको मतदानमा ३० हजार ३ सय २८ मत खसेको थियो ।
०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।