सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

ओकेखबर संवाददाता १७ बैशाख २०८१, सोमबार ०८:०२ मा प्रकाशित ( हफ्ता अघि) २७ पाठक संख्या

काठमाण्डौ – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आज न्यौपानेलाई  २५ करोड ६९ लाख ७५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ ।

सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा न्यौपानेलाई १२ करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाइएको थियो । गत चैत २५ गते अदालतबाट दोषी ठहर भए पनि सजाय निर्धारणका लागि आज पेसी तोकिएको थियो ।

न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ साल असार १८ देखि २०५७ मङसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मङसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।


सम्बन्धित खबरहरु