बझाङमा कांग्रेसको अग्रता कायमै

ओकेखबर संवाददाता १७ बैशाख २०८१, सोमबार ०८:०१ मा प्रकाशित ( हफ्ता अघि) ३० पाठक संख्या

काठमाण्डौ – बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । अहिलेसम्म २१ हजारभन्दा बढी मतगणना हुँदा नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार २ सय २७ र नेकपा एमालेका दमन बहादुर भण्डारीले ७ हजार ९ सय ७४ मत ल्याउनुभएको छ ।

त्यस्तै, माओवादीका जनक बहादुर बुढाले ३ हजार ३३ र एकीकृत समाजवादीका दिल बहादुर सिंहले २ हजार १ सय ७१ मत ल्याउनुभएको छ ।

२०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वी बहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो ।


सम्बन्धित खबरहरु