इलाममा एमालेको अग्रता कायमै, रास्वपा भन्दा स्वतन्त्र उम्मेदवार ३ हजार मतले अगाडि

ओकेखबर संवाददाता १७ बैशाख २०८१, सोमबार ०८:०४ मा प्रकाशित ( हफ्ता अघि) ३७ पाठक संख्या

काठमाण्डौ – इलाम–२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका सुहाङ नेम्बाङले ८ हजार ८ सय ९८ र कांग्रेसका डम्बरबहादुर खड्काले ६ हजार २ सय ८० मत ल्याउनुभएको छ ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ४ हजार ६ सय ३४ र राष्टिय स्वतन्त्र पार्टीका मिलन योङहाङको १ हजार ३ सय ५ मत आएको छ ।

२१ हजारभन्दा धेरै मतगणना भैसक्दा एकीकृत समाजवादीका जीतबहादुर राईको दुई सय ४० र राप्रपाका लक्ष्मी गुरुङको ४६ मत आएको छ ।


सम्बन्धित खबरहरु