रुसी सेना भएर ज्यान गुमाउने यी हुन् २० नेपाली

ओकेखबर संवाददाता १ चैत्र २०८०, बिहीबार १८:०८ मा प्रकाशित ( महिना अघि) १२३ पाठक संख्या

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप सात जना नेपाली नागरिकले ज्यान गुमाएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर उक्त जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गङ्गाराम अधिकारी, बागलुङका जीतबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको छ ।

उक्त मन्त्रालयले परम्परागत रुपमा भएको सम्झौताअन्तर्गत केही मित्र राष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट गरेको छ ।

सरकारले गत पुस ४ गते सार्वजनिक सूचना जारी गरेर सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिएर मात्र यात्रा गर्ने प्रावधान मिलाइए सम्बद्ध सबैलाई पुनः स्मरण गराएको छ ।

‘रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्न नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘रुसी सेनामा ज्यान गुमाएका नेपालीका परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ ।’

परराष्ट्र मन्त्रालयले दिवङ्गत नेपालीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

यी हुन् ज्यान गुमाउने २० नेपाली

  1. स्याङ्जाका हरिप्रसाद अर्याल
  2. कैलालीका भरतबहादुर शाह
  3. धादिङका राजकुमार गिरी
  4. गोरखाका सन्दीप थपलिया
  5. कपिलवस्तुका रुपक कार्की
  6. कास्कीका दिवान राई
  7. स्याङ्जाका प्रितम कार्की
  8. दोलखाका राजकुमार रोका
  9. इलामको गंगाराज मोक्तान
  10. कुन्दन सिंह नागल
  11. प्युठानका सोनु सुनार
  12. कपिलवस्तुका रुपक कार्की
  13. लमजुङका साजन गुरुङ
  14. रसुवाका सुन्दर मोक्तान
  15. धादिङका पूर्णबहादुर गुरुङ
  16. जाजरकोटका नवीन शाही
  17. उदयपुरका पदमबहादुर घिमिरे
  18. झापाका गंगाराम अधिकारी
  19. बागलुङका जीतबहादुर विक
  20. बाँकेका सञ्जय केसी

सम्बन्धित खबरहरु