हमास आक्रमणमा मारिएका १० नेपालीका परिवारले आजीवन भत्ता पाउने

ओकेखबर संवाददाता २ चैत्र २०८०, शुक्रबार ०६:३४ मा प्रकाशित ( महिना अघि) ११४ पाठक संख्या

इजरायलमा अक्टोबर ७ मा हमास विद्रोहीको आक्रमणमा मृत्यु भएका १० नेपाली विद्यार्थीहरूको परिवारलाई इजरायल सरकारले आजीवन भत्ता दिने निर्णय गरेको छ । विद्रोही हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको परिवारलाई पनि भत्ता दिने इजरायल सरकारको निर्णय छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोदरले मृतकका परिवारलाई इजरायली सरकारले आजीवन भत्ता दिने प्रष्ट पारे ।

‘इजरायलको कानुनले इजरायली र नेपालीलाई समान व्यवहार गर्छ । इजरायली भूमिमा पाहुनाको रूपमा आउँदा नेपालीहरूको मृत्यु भएको हो,’ उनले भने,‘त्यसैले इजरायलको सरकारले १० जनाको परिवार र अहिले विद्रोही हमासको कब्जामा रहेको विपिन जोशीको परिवारलाई भत्ता दिन थालिसकेको छ ।’

विद्रोही हमासको आक्रमणद्वारा इजरायलमा कृषि बढ्न गएका विद्यार्थीहरूको मृत्यु भएको थियो । मृत्यु हुनेहहरुमा घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी-६ बझाङका गणेशकुमार नेपाली, बौनिया-३ कैलालीका आशिष चौधरी, लेकम-५ दार्चुलाका दीपेशराज विष्ट, सपही-६ धनुषाका आनन्द साह, मधुवन-१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली-३ डोटीका राजन फुलरा, लमिखल-८ डोटीका पदम थापा, शारदा-३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन-४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् । उनीहरूको परिवारले आजीवन भत्ता पाउने छन् ।


सम्बन्धित खबरहरु