क्रिकेटर लामिछानेको मुद्दामा भएन सुनुवाइ

ओकेखबर संवाददाता १६ बैशाख २०८१, आईतवार १९:३७ मा प्रकाशित ( हफ्ता अघि) २८ पाठक संख्या

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने संलग्न रहेको बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आइतबार पेसी तोकिए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो । तर इजलासले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

काठमाडौँ जिल्ला अदालतले कसुरदार ठहर गरेपछि सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन् ।

 


सम्बन्धित खबरहरु