वैवाहिक बलात्कार मुद्दामा रवि ओडले गरे आत्मसमर्पण

ओकेखबर संवाददाता ३० बैशाख २०८१, आईतवार ०७:२२ मा प्रकाशित ( महिना अघि) १७८ पाठक संख्या

काठमाडौं । नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसमर्पण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओडले वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा इलाका प्रहरी कार्यालय झलारीमा आत्मा समर्पण गरेका हुन् ।

रवि आफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीले जानकारी दिए । नेपाल आइडल सिजन-२ का विजेता ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी लिएको थियो । तर ओड सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् । उनी गत बिहीबार नै प्रहरी समक्ष पुगेका हुन् ।


सम्बन्धित खबरहरु