रामेछापमा पहिरोमा पुरिएर तीन जनाको गयाे ज्यान

ओकेखबर संवाददाता ११ श्रावण २०८१, शुक्रबार ०६:०० मा प्रकाशित ( महिना अघि) ९८ पाठक संख्या
काठमाडौं । रामेछापको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएकाे छ।
बिहीबार बेलुकी करिब पाैने ९ बजे विमान तामाङको घरमाथि पहिरो खस्दा उनकी छोरी १८ वर्षीया सीता तामाङ, छिमेकी पेमा तामाङकी छोरी १५ वर्षीया आशिका दोङ र अर्का छिमेकी पदम तामाङकी छोरी १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए।
राति नै स्थानीयकाे सहयाेगमा पहिराे पन्छाएर प्रहरीले शव बाहिर निकालेकाे छ।


सम्बन्धित खबरहरु