राष्ट्रपतीय चुनावी दौडबाट पछि हटे बाइडेन, कमला ह्यारिसलाई समर्थन

ओकेखबर संवाददाता ७ श्रावण २०८१, सोमबार ०८:५२ मा प्रकाशित ( महिना अघि) १०३ पाठक संख्या
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेका छन्। उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।

पूर्वराष्ट्रपति बिल क्लिन्टन र पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उमेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन्। पूर्वराष्ट्रपति बाराक ओबामाले भने डेमोक्र्याटहरूले उत्कृष्ट उम्मेदवार नाम दिने भन्दै ह्यारिस वा कुनै उम्मेदवारलाई समर्थन नगर्ने बताएका छन्।


सम्बन्धित खबरहरु