चितवनको देवनगर सबस्टेशन सञ्चालनमा

ओकेखबर संवाददाता २८ बैशाख २०८१, शुक्रबार १८:३८ मा प्रकाशित ( हफ्ता अघि) २८ पाठक संख्या

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ६ मा रहेको ३३÷११ केभी सबस्टेशन सञ्चालनमा आएको छ । २४ एमभीए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेशन सञ्चालनमा आएको हो ।

देवनगर सबस्टेशनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका चार वटा फिडर रहेका छन् । देवनगर सबस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गौरीगञ्ज, प्रेमबस्ती, शिवनगर, फूलबारी, गीतानगर, पटिहानी, सीतामाई क्षेत्रका उपभोक्ताले बेहोर्दै आएको न्यून भोल्टेजको समस्या समाधान भई आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय र सुरक्षित हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा ३३ केभी लाइन र सबस्टेशन निर्माण गरिएको हो । गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र सबस्टेशनको लागत झन्डै साढे नौ करोड रुपैयाँ रहेको आयोजना प्रमुख सङ्गीता कार्कीले जानकारी दिनुभयो ।


सम्बन्धित खबरहरु