कोशी, मधेश र बाग्मतीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

ओकेखबर संवाददाता ७ जेष्ठ २०८१, सोमबार ०८:४३ मा प्रकाशित ( महिना अघि) ९४ पाठक संख्या
काठमाण्डौ – आज कोशी, मधेश र बाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरुका साथै लुम्बिनी प्रदेश लगायत अरु पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै ठाउँहरुमा बिहानैदेखि हल्का पानी परिरहेको छ । पानी परेको ठाउँमा गर्मी घटेर शीतल भएको छ ।


सम्बन्धित खबरहरु