ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो ।
अहिलेसम्मको अनुसन्धानबाट पत्ता लागेका कुरा आज पत्रकार सम्मेलन गरी जानकारी गराउने तयारी भइरहेको परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीले जानकारी दिए । उनकाअनुसार मध्यान्न १२ बजे परिसरको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ ।