अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक, ३ जना पक्राउ

ओकेखबर संवाददाता २८ बैशाख २०८१, शुक्रबार १८:४२ मा प्रकाशित ( हफ्ता अघि) २८ पाठक संख्या

काठमाण्डाै – अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर नाै महिनासम्म बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पा रहेका छन् ।

उनीहरूलाई काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले आज सार्वजनिक गरेको हो । यो समूहले १० जना युवालाई अमेरिका पठाउने भन्दै साढे पाँच करोड रुपैयाँ लिएर केन्या पुर्‍याएर बन्धक बनाएको खुलेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले बताउनुभयो ।

उनीहरूले अमेरिका जान इच्छुकसँग शुरुमा पाँच लाख रुपैयाँ लिएका थिए । त्यसपछि टिकट, डलर सटही लगायतका शीर्षक देखाउँदै रकम लिइएको पाइएको छ । प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म असुलेपछि १० जनालाई केन्या पठाएर बन्धक बनाएको खुलेको एसएसपी भट्टराईले बताउनुभयो ।

एजेन्टले केन्यामा कोठा सार्दै तीन महिना राखेपछि बल्ल राहादानी फिर्ता दिएका र घरबाट रकम मगाएर फर्किएको पीडितहरूले बताएका छन् । यो गिरोहले अझै झन्डै १५ जना नेपालीलाई केन्यामा बन्धक बनाइराखेको खुलेको एसएसपी भट्टराईले बताउनुभयो ।


सम्बन्धित खबरहरु