१९ वर्षमुनिकाे साफ महिला च्याम्पियनशिपमा नेपालले भुटानलाई हरायाे

ओकेखबर संवाददाता २१ माघ २०८०, आईतवार १८:२५ मा प्रकाशित ( महिना अघि) १२४ पाठक संख्या

काठमाडौं । १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई हराएको छ ।

ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई १–० ले हरायो । नेपालका लागि खेलको ५४ औँ मिनेटमा सेनु परियारले गोल गरिन् ।

यसअघि गएको शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । आजको जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग पर्सि मङ्गलवार खेल्नेछ ।

प्रतियाेगिताकाे फाइनल खेल माघ २५ गते हुनेछ । बङ्गलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ वटा टोली सहभागि प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।


सम्बन्धित खबरहरु