दाङकाे राजपुरमा आगलागी : खरले छाएका २४ वटा घर जले

ओकेखबर संवाददाता १६ बैशाख २०८१, आईतवार १९:३१ मा प्रकाशित ( हफ्ता अघि) २५ पाठक संख्या

दाङ – दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ वटा घर जलेर नष्ट भएका छन् । आगलागीले अरू १० वटा गोठसमेत जलेर नष्ट भएको राजपुर–७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो ।

गाउँमा रहेका २५ वटा घरमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो । आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले छाएर बनाएको मानबहादुर गिरीको घरबाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरे पनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताउनुभयो ।


सम्बन्धित खबरहरु