आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा : आज चार वटा खेल हुँदै

ओकेखबर संवाददाता ९ बैशाख २०८१, आईतवार ०८:५४ मा प्रकाशित ( हफ्ता अघि) ४२ पाठक संख्या

काठमाण्डौ – आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गए राति भएको खेलमा आर्सनलले उल्भ्सलाई २–० गोलले हरायो । जितसँगै आर्सनलले एक खेल कम खेलेको म्यानचेस्टर सिटी र लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।

आर्सनलको ३३ खेलमा ७४ अङ्क छ । एक खेल कम खेलेका सिटीको ७३ र लिभरपुलको ७१ अङ्क छ । प्रिमियर लिगमा हिजो भएका खेलमा ब्रेन्टफोर्डले लुटन टाउनलाई ५–१ गोलले र बर्नलीले सेफिल्ड युनाइटेडलाई ४–१ गोलले हराएको छ ।

आज चार वटा खेल हुँदैछन् । एभर्टन र नटिङघम फरेस्ट नेपाली समयअनुसार बेलुका सवा ६ बजे, क्रिस्टल प्यालेस र वेस्ट ह्याम तथा एस्टनभिल्ला र बर्नमाउथ बेलुका पौने ८ बजे तथा लिभरपुल र फुलहम राति सवा ९ बजे खेल्नेछन् ।


सम्बन्धित खबरहरु