जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

ओकेखबर संवाददाता २१ बैशाख २०८१, शुक्रबार १९:३३ मा प्रकाशित ( महिना अघि) १२२ पाठक संख्या

 

काठमाण्डौ – जापानका परराष्ट्रमन्त्री योको कामीकावा पर्सि नेपाल भ्रमणमा आउनुहुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा मे ५ तारिख अर्थात् आउँदो आइतवार नेपालको औपचारिक भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले आज औपचारिक जानकारी दिएको छ । भ्रमणका क्रममा कुनै समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा हुनेछ ।

दुई देशबीच अर्को वर्ष कूटनीतिकसम्बन्ध कायम भएको ७० वर्ष पुग्नेछ । हालै कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भैरहेका भ्रमणको शृङ्खलामाझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो । जापानका परराष्ट्रमन्त्री कामीकावाले फ्रान्स र श्रीलङ्कासहित ६ वटा देशको भ्रमणको कार्यसूचीअन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लाग्नुभएको हो । उहाँ आइतवार नै काठमाण्डौबाट फर्कनु  हुनेछ ।


सम्बन्धित खबरहरु