ईपीएलमा चेल्सीले टाेटनहमलाई हरायाे

ओकेखबर संवाददाता २१ बैशाख २०८१, शुक्रबार ०७:२२ मा प्रकाशित ( महिना अघि) २१२ पाठक संख्या

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सीले टाेटनहम हट्सपुरलाई हराएकाे छ ।

गए राति स्टामफाेर्ड ब्रिजमा भएकाे खेलमा घरेलु टाेली चेल्सीले टाेटनहमलाई २–० गाेलले हरायाे । चेल्सीका ट्रेभाे चालाेभले २४ औँ र निकाेलस ज्याक्सनले ७२ औँ मिनेटमा गाेल गरे ।

याे जितसँगै चेल्सी ३४ खेलमा ५१ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा उक्लिएकाे छ । टाेटनहम उति नै खेलमा ६० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा छ ।

टाेटनहम र चेल्सी दुवै टोली उपाधि होडबाट बाहिरिइसकेका छन् । यो सिजनमा आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल उपाधि होडमा छन् ।


सम्बन्धित खबरहरु