उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए। दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए।
निकोलस पुरनले नटआउट रहँदै २३ रन बनाएर टोलीलाई जितसम्म डोर्याए। चेन्नईका लागि मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले १–१ विकेट लिए।
यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो। चेन्नईका लागि रवीन्द्र जाडेजाले सर्वाधिक ५७ रनको योगदान दिए। त्यस्तै, ओपनर अजिंक्या रहानेले ३६ रन तथा मोइन अलीले ३० रन बनाए।
खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्रसिंह धोनीले ९ बलमा २८ रनको विस्फोटक इनिङ्स खेले। उनले यस क्रममा ३ चौका र २ छक्का हिर्काए। लखउनका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिए। भने मोहसिन खान, यश ठाकुर, रवि विश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए।
जितपछि लखनउ ७ खेलबाट ८ अंक बटुल्दै अंक तालिकाको पाँचौँ स्थानमा छ। समान अंक रहेको चेन्नई नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ।