इलाम–२ मा ५७ प्रतिशत मत खस्याे, आजै रातिदेखि गन्ने तयारी

ओकेखबर संवाददाता १५ बैशाख २०८१, शनिबार २०:४८ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या

काठमाण्डाै – इलाम प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपचुनावको मतदानमा झन्डै ५७ प्रतिशत मतदान भएको छ ।

आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा झन्डै ६६ हजार अर्थात् ५७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । इलाम–२ मा मतदाताकाे सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ रहेकाे छ ।

मतदानको समय सकिएसँगै अहिले मतपेटिका सङ्कलनको काम भइरहेको छ । मतपेटिका मतदान केन्द्रबाट सिधै इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्रमा लगिनेछ । आजै रातिदेखी मतगणना शुरु गर्ने तयारी गरेको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताउनुभयो ।

इलाम–२ बाट प्रतिनिधि सभा सदस्यका लागि १९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका छन् । इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ आज उपचुनाव भएको हो ।


सम्बन्धित खबरहरु