एमसीसी अनुमोदनपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कर्यसूची

ओकेखबर संवाददाता १८ फाल्गुन २०७८, बुधबार ०९:२७ मा प्रकाशित ( साल अघि) २३४ पाठक संख्या

एमसीसी अनुमोदनपछि पहिलोपटक प्रतिनिधि सभाको बैठक बस्दै

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँग सरकारले गरेको सम्झौता संसदबाट अनुमोदन भएयता पहिलोपटक आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।

संघीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने भएको हो। गत आइतबार प्रतिनिधि सभाको बहुमतले एमसीसी अनुमोदन गरेको हो। त्यसपछि स्थगित संसद् बैठक आज बस्न लागेको हो।

आजको बैठकमा हुने कार्यक्रमको सम्भावित कार्यसूची तय भइसकेको छ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ।
हर्नुहाेस् कार्यसूची :


सम्बन्धित खबरहरु