९५ प्रतिशत प्रभावकारी देखिएको कोरोना खोप प्रयोगका लागि फाइजरले माग्यो अनुमति

ओकेखबर संवाददाता ६ मंसिर २०७७, शनिबार ०७:१२ मा प्रकाशित ( साल अघि) ६५८ पाठक संख्या

एजेन्सी । अमेरिकाका औषधि कम्पनीद्वय फाइजर बायोनटेक कम्पनीले आफहरूले संयुक्त रूपमा बनाएको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्दै त्यहाँको नियामक निकायमा आवेदन दिएका छन्।

उनीहरूले अमेरिकाको खाद्य तथा औषधि नियन्त्रण विभाग (एफडीए) मा निवेदन दिएका हुन्। एफडीएले आउने डिसेम्बरको पहिलो साताबाट त्यो खोप आपतकालीन प्रयोग गर्न अनुमति दिने लक्ष्य राखेको छ।

अनुमति पाएको केही घण्टाभित्रै खोप उपलब्ध गराउन सुरु रिने फाइजर र बायोनटेक कम्पनीले बताएका छन्।

बीबीसीका स्वास्थ्य संवाददाताका अनुसार ठूलो मात्रामा खोप उत्पादन गर्न बाँकी छ, अहिले यो कम मात्रामा मात्र उपलब्ध छ। परीक्षणका क्रममा यो खोप मानिसलाई कोरोनाबाट बचाउन ९५ प्रतिशत प्रभावकारी देखिएको छ।

अमेरिकाकै अर्को औषधि कम्पनी मोडर्ना र एस्ट्राजेनेकाले बनाएको खोप पनि तयारीको अन्तिम चरणमा पुगेको बीबीसीले जनाएको छ।
-बीबीसी


सम्बन्धित खबरहरु