कोरोना भाइरस : अमेरिकामा चरणबद्ध रुपमा प्रतिबन्ध हटाउने राष्ट्रपति ट्रम्पको तयारी

ओकेखबर संवाददाता ५ बैशाख २०७७, शुक्रबार १३:४० मा प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

एजेन्सी । विश्व महामारीका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा सामान्य जनजीवन सुरु गर्नको लागि तीन चरणको प्रस्ताव गरेका छन् ।

राष्ट्रपति ट्रम्पले ‘ओपनिङ अप अमेरिका अगेन’ योजना सार्वजनिक गर्दै स्कुल र कार्यालय फेरि खोल्नको लागि तीन चरणको प्रस्ताव पेस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साथै सबै राज्यले यी सुझावको बारेमा विचार गर्न पनि ट्रम्पले आग्रह गरेका छन् ।

योजना अनुसार सबै चरण कम्तीमा पनि १४ दिन लागू हुनेछ । लामो समय अर्थव्यवस्था बन्द गर्नु कोरोना सङ्कटसँग लड्ने उचित उपाय नभएकाले अघि बढ्नुपर्नेमा उनको जोड छ ।

योजनाको पहिलो चरणमा सामाजिक दुरी कायम गर्दै स्कुल र कार्यालय खोल्ने उल्लेख छ । यसो गर्दा राज्यमा सङ्क्रमण हुने दर कम भए दोस्रो चरणको बारेमा सोच्न सकिने राष्ट्रपति ट्रम्पको भनाइ छ । योसँगै सीमित सङ्ख्यामा कर्मचारीलाई कार्यालय जाने दिने तर ५० जनाभन्दा धेरै मानिस एक ठाउँमा जम्मा हुन भने पाउने छैनन् ।

तेस्रो चरणमा सबै कार्यालय सामान्य रुपमा खोल्न अनुमति दिइने खबरमा उल्लेख छ ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट ३४ हजारभन्दा धेरैको ज्यान गएको छ भने ६ लाख ७८ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।


सम्बन्धित खबरहरु