‘राजाको छोरा राजा’ भन्ने भाष्यलाई गलत साबित गरेका सुहाङ नेम्वाङ

ओकेखबर संवाददाता १८ बैशाख २०८१, मंगलवार ०८:३२ मा प्रकाशित ( हफ्ता अघि) ६१ पाठक संख्या

 

काठमाडौं । इलाम-२ प्रतिनिधि सभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी भएका हुन् ।

यससँगै एमालेले करिब तीन दशकदेखि चुनाव जित्दै आएको आफ्नो विरासत जोगाएको छ । नेम्वाङले २७ हजार ७ सय ७२ मत पाउँदा कांग्रेसका खड्काले २१ हजार ९ सय ४२ मत ल्याए । २०७९ को निर्वाचनमा उनी सुवास नेम्वाङसँग ११४ मत कम ल्याएर हारेका थिए । यसपटक नेम्वाङ पुत्र सुहाङले ५ हजार ८ सय ३० मतान्तरले हराएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत प्राप्त गरे । रास्वपाका मिलन लिम्बूले ५ हजार ५० मत पाए । इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।

राजाको छोरा राजा भन्ने गलत साबित
८० भदौ २६ गते नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम क्षेत्र नम्बर २ रिक्त भएको थियो । नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा यही वैशाख १५ गरे उप निर्वाचन भएको हो ।

नेकपा एमालेले नेम्वाङलाई गुमाए पछि उनका छोरा सुहाङ नेम्वाङलाई पार्टीले टिकट दियो । एमालेबाट स्व नेम्वाङका छोरा सुहाङ नेम्वाङ, जिल्ला सचिव उमेश गुरुङ, उपसचिव रवीन्द्र सुवेदी र स्व नेम्वाङका पूर्वस्वकीय सचिव बुद्धि खनालले चुनावमा उठ्ने आकांक्षा देखाएका थिए । तर, एमालेले सुहाङलाई उम्मेदवार बनायो ।

यही विषयलाई लिएर एमालेभित्रै राजनीतिमा परिवारवाद अर्थात् राजाको छोरा राजा भन्ने भाष्यले गतिलो ठाउँ पाएको थियो । तर, सुहाङले उपनिर्वाचनमा भारी मतान्तरले जित्दै त्यो भाष्य चिरेका छन्, गलत साबित गरिदिएका छन् । राजनीतिमा भर्खरै चासो राख्न थालेका उनले बुवाकै विरासत जोगाएका छन् । बुवाका प्रतिबद्धता अलपत्र नपार्ने र बुबाको अधुरा रहेका सपना पूरा गर्नुपर्ने जिम्मेवारी अब सुहाङको काँधमा छ ।


सम्बन्धित खबरहरु