सुनसरीमा लागुऔषध कारोबारीमाथि गोली प्रहार, २ जना पक्राउ

ओकेखबर संवाददाता ४ जेष्ठ २०८१, शुक्रबार ०७:०६ मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका ६ मा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार गरेको छ ।

लागुऔषध ब्यूरो कोटेश्वर र सुनसरी प्रहरीको टोलीले लागुऔषध कारोबार भइरहेको अवस्थामा नियन्त्रणमा लिने क्रममा एक जनामाथि गोली प्रहार गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रमुख एसएसपी गोबिन्द थपलियाले बताए।

प्रहरीको गोली लागेर लागुऔषध कारोबारमा संलग्न सप्तरीको सप्तकोसी नगरपालिका ५ का श्यामसुन्दर खान मण्डल घाइते भएका छन्। उनको दायाँ खुट्टामा १ राउण्ड गोली लागेको र अहिले उपचारका लागि स्थानीय अस्पताल पठाएको एसएसपी थपलियाले बताए।

इटहरी नगरपालिका ५ का रहेका श्यामप्रसाद निरौलालाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ गर्न गएको प्रहरी टोलिलाई रड प्रहार गर्न खोजेपछि गोलि चलाउनु परेको प्रहरीको भनाई छ। प्रहरीले उनीहरुको साथबाट २१०.७ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।


सम्बन्धित खबरहरु