जलवायु परिवर्तनका कारण औलाे नयाँ क्षेत्रमा फैलिन थाल्याे

ओकेखबर संवाददाता १३ बैशाख २०८१, बिहीबार १८:४६ मा प्रकाशित ( हफ्ता अघि) ३४ पाठक संख्या

जलवायु परिवर्तनका कारण औलाे नयाँ क्षेत्रमा फैलिन थालेको छ । विगतमा अफ्रिकी महादेशमा औलाेले लाखौँ मानिसको ज्यान लिएको छ भने कतिपय बिरामी परेका थिए ।

यसअघि भारत र फारसको खाडीमा देखिएका लामखुट्टेको आक्रामक प्रजाति नयाँ चिन्ताको विषय बनेको छ । वैज्ञानिकहरूले माउन्ट किमिमान्जरोको ढलान र पूर्वी इथियोपियाको पहाडलगायत कुनै पनि समयमा लामखुट्टेको बसोबास नहुने क्षेत्रमा बस्ने मानिस औलाेकाे चपेटामा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

औलाे परजीवी सङ्क्रमित लामखुट्टेमार्फत् मानिसमा फैलिन्छ अनि ज्वरो, टाउको दुख्नेजस्ता लक्षण देखिन्छ । यसले धेरैजसो पाँच वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवतीलाई असर गर्छ ।

औलाेविरुद्धकाे खोपको प्रयास अहिले पनि प्रारम्भिक चरणमा छ । क्यामरुन यस वर्ष बालबालिकालाई नियमित रूपमा औलाेकाे नयाँ खोप दिने पहिलो देश नै बनेको छ । तर खोप ३० प्रतिशतमात्र प्रभावकारी छ र जोखिमलाई रोक्न त्यति प्रभावकारी नरहेको स्वाथ्यका निकायलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ । दोस्रो खोपलाई भर्खरै मात्रै मञ्जुरी दिइएको थियो ।


सम्बन्धित खबरहरु