वेष्ट इण्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल

ओकेखबर संवाददाता २२ बैशाख २०८१, शनिबार ०६:४३ मा प्रकाशित ( हफ्ता अघि) २० पाठक संख्या

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत नेपालले शनिवार अन्तिम खेल खेल्दैछ। खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे शुरु हुनेछ।

यद्यपि नेपालले वेष्ट इण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० ३–१ ले गुमाइसकेको छ।

श्रृङ्खलाको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय हात पार्‍यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भयो । चौथो खेलमा २८ रनले पराजित हुँदै नेपालले वेष्ट इण्डिजलाई सिरिज सुम्पिएको हो।

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज ‘ए’ बीच मैत्रीपूर्ण खेल भइरहेको हो।

विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेष्ट इण्डिजमा संयुक्तरूपमा आयोजना हुँदैछ। विश्वकपमा नेपाल समूह ‘डी’ समूहमा छ। यहाँ दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्याण्ड, अफगानिस्तान, पपुवा न्यूगिनी र युगाण्डा छन्।


सम्बन्धित खबरहरु