कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४२ हजार नाघ्यो

ओकेखबर संवाददाता १९ चैत्र २०७६, बुधबार ०७:४४ मा प्रकाशित ( साल अघि) ६१२ पाठक संख्या

एजेन्सी । २०२ देशमा र २ वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण मृतकको संख्या ४२ हजार नाघेको छ ।

बुधबार विहानसम्ममा ४२ हजार १ सय ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एकैदिन ७२ हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।
संक्रमित भएकामध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भिर छ ।

यो संगै विश्वभर संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको ओर्डोमिटरले जनाएको छ । संक्रमितमध्ये अहिलेसम्म १ लाख ७७ हजार १ सय ४१ जना मात्रै निको भएर घर फर्किएका छन् ।

बुधबार विहानसम्ममा इटलीमा ८३७, स्पेनमा ७४८, अमेरिकामा ७१९, फ्रान्समा ४९९ र जर्मनीमा १३० जना मृतकको संख्या थपिएको छ ।

यससँगै सबैभन्दा धेरै इटलीमा १२ हजार ४ सय ४८ जनाको मृत्यु भएको छ । इटलीपछि स्पेनमा ८ हजार ४ सय ६४, अमेरिकामा ३ हजार ८ सय ६०, फ्रान्समा ३५ सय २३ र चीनमा ३३ सय ५ जनाको मृत्यु भएको छ ।


सम्बन्धित खबरहरु