कोरोनाको टार्गेटमा युरोप, इटालीमा एकै दिन तीन सय ६८ को मृत्यु

ओकेखबर संवाददाता ४ चैत्र २०७६, मंगलवार ०७:४३ मा प्रकाशित ( साल अघि) २६० पाठक संख्या

एजेन्सी । केही हप्ता अघिमात्रै चिनको वुहानमा आतंकित बनेको कोरोनाभाइरस (कोभिड–१९) चिनमा नियन्त्रण भएपनि यतिबेला भइरसले युरोपियन देशहरुलाई टार्गेट बनाएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिनमा अहिलेसम्मकै ठूलो संख्यामा तीन सय ६८ जनाको मृत्यु भएको छ । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ ।

पछिल्लो समय कोरोनाबाट सम्पूर्ण युरोप नै प्रभावित छ । युरोपमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २३ सय नाघेको छ । कोरोनाबाट अहिलेसम्म स्पेनमा २९७ जना र फ्रान्समा १२७ को मृत्यु भएको छ । स्पेनमा ८,७९४ र फ्रान्समा ५,४२३ जनामा संक्रमण देखिएको छ । बेलायतमा पनि कोरोनाबाट एकै दिन ज्यान गुमाउनेको संख्या अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार १४ जनाको मृत्यु भएपछि मृतकको संख्या ३५ पुगेको छ । स्विट्जरल्यान्डमा पछिल्लो २४ घन्टाभित्र संक्रमितको संख्या ८०० बाट २,२०० पुगेको छ । त्यहाँ अहिलेसम्म कोरोनाबाट १४ जनाको मृत्यु भएको छ । त्यस्तै, स्विट्जरल्यान्ड १५, नेदरल्यान्ड २०, नर्वे ३, बेल्जियम ५ र स्विडेनमा ६ जनाको मृत्यु भएको छ ।

कोरोनाले विश्वभर साढे ६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । संक्रमण रोक्न युरोपेली मुलुकका सरकारलाई अझ बढी उपाय अवलम्बन गर्न बाध्य बनाएको छ ।

त्यसो त अधिकांश युरोपेली मुलुकले विदेशीको यात्रा प्रतिबन्ध लगाएका छन् । कोरोनाले विश्वका सबै क्षेत्रहरूमा असर पारेको छ । खेल र सांस्कृतिक कार्यक्रम रद्द भएका छन् भने सेयर बजार ओरालो लागेको छ । कोरोनाबाट विश्वभर ६ हजार ६६४ जनाको मृत्यु भएको छ भने एक लाख ७३ हजार ९३० जना संक्रमित छन् । यो रोग विश्वका १५८ मुलुकमा देखिएको छ ।


सम्बन्धित खबरहरु