प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जित्यो

ओकेखबर संवाददाता २० माघ २०८०, शनिबार १६:५० मा प्रकाशित ( महिना अघि) १२१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । आर्मीले दिएको एक सय ८२ रनको लक्ष्य पुलिसले ३७ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । पुलिसका लागि शङ्कर रानाले ६२ रन बनाए ।

आर्मीका लागि जितेन्द्र मुखिया, कुशल मल्ल, शहाव आलम र बसिर अहमदले एक–एक विकेट लिए । त्यसअघि ब्याटिङ गरेको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो । आर्मीका लागि विवेक यादवले ६३ रन बनाए ।

पुलिसका ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए ।


सम्बन्धित खबरहरु