एसियन कप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा

ओकेखबर संवाददाता १६ माघ २०८०, मंगलवार ०७:१३ मा प्रकाशित ( महिना अघि) ७८ पाठक संख्या

काठमाडौं । एएफसी एसियनकप फुटबलमा जोर्डन र कतार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

कतारमा जारी प्रतियोगितामा हिजो भएको खेलमा जोर्डनले इराकलाई ३–२ गोलले हराएर अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

जोर्डनले अब सेमिफाइनल प्रवेशका लागि ताजिकिस्तानसँग पर्सि फेब्रुअरी २ मा खेल्नेछ । गएराति भएको अर्को खेलमा प्यालेस्टाइनलाई २–१ गोलले हराएर कतार क्वार्टरफाइनलमा पुगेको हो । आज उज्वेकिस्तान र थाइल्याण्ड तथा साउदी अरेबिया र दक्षिण कोरियाबीच खेल हुँदैछ ।


सम्बन्धित खबरहरु