डा. विशद दाहालकाे निलम्बन फिर्ता गर्न केएमसीलाई शिक्षामन्त्रीको निर्देशन

ओकेखबर संवाददाता २४ पुष २०८०, मंगलवार १७:१९ मा प्रकाशित ( महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आवासीय चिकित्सक डाक्टर विशद दाहालको निलम्बन फिर्ता लिन काठमाडौं मेडिकल कलेज (केएमसी) लाई निर्देशन दिएका छन् । केएमसीको सहकुलपतिसमेत रहेका मन्त्री राईले डा. दाहालको निलम्वन तत्काल फिर्ता गर्न विश्वविद्यालयलाई निर्देशन दिएका हुन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले आज मन्त्री राईले काठमाडौं विश्वविद्यालय ऐन २०४८ को दफा १३ (क) उपदफा (३) बमोजिम विश्वविद्यालयलाई निर्देशन दिएको जानकारी दिए । मन्त्री राईले काठमाडौं विश्वविद्यालयबाट हेल्थ क्याम्प र फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भएपछि मात्र विद्यार्थीलाई स्वास्थ्य शिविरमा पठाउन पनि निर्देशन दिएको सचिव अधिकारीले बताए।


सम्बन्धित खबरहरु