जीवी राई पक्रन लामिछानेले मागे मलेसियन गृहमन्त्रीसँग सहयोग

ओकेखबर संवाददाता २३ बैशाख २०८१, आईतवार १८:४८ मा प्रकाशित ( हफ्ता अघि) १७ पाठक संख्या

काठमाडौं । सहकारी ठगी गरेर फरार भएका जीवी राईलाई नेपाल ल्याउन गृहमन्त्री रवि लामिछानेले मलेसियन गृहमन्त्रीको सहयोग मागेका छन् । मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतुन इस्माइलसँग कुराकानी गर्दै नेपालका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्न सहयोग मागेका हुन् ।

उनी विरुद्ध ३ महिनाअघि नै रेड कर्नर नोटिस जारी भइसकेको छ । जीवी राईलाई पक्राउ गर्न नसकेको भन्दै लामिछानेको चर्को आलोचना भइरहेको छ । सूर्यदर्शन सहकारी र सुप्रिम सहकारीका बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेर राई लामो समयदेखि फरार छन् ।


सम्बन्धित खबरहरु