गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

ओकेखबर संवाददाता २३ बैशाख २०८१, आईतवार ०८:४६ मा प्रकाशित ( हफ्ता अघि) १७ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते नै विश्वासको मत लिने भएका छन् ।
संविधान अनुसार अधिकारीले वैशाख २४ गतेभन्दा अगाडि विश्वासको मत लिनुपर्ने व्यवस्था छ । उनी चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
हाल गण्डकीको मन्त्रीपरिषद् ३ सदस्यीय छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अधिकारीसँगै विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।

अहिले चुमान अर्थमन्त्री बनेका छन् भने मनाङेले भौतिकको जिम्मेवारी पाएका छन् । गण्डकीमा बहुमतका लागि ३० सिट वा ३१ सिट भन्ने लफडा छ । सभामुखको गणना दाबीको समयमा नगनेपनि संसदमा ३१ सिटले मात्रै बहुमत हुने केही कानूनविद्हरुको तर्क छ ।

गठबन्धन दलहरु भने सर्वोच्चले ३० लाई बहुमत मानेकाले सोही अनुसार संसद् फेस गर्ने बताइरहेका छन् । सभामुखले ३० सिटलाई नै बहुमत घोषणा गर्ने तयारी भइरहेको छ ।


सम्बन्धित खबरहरु