काठमाण्डाै महानगरकाे सीप मेलाका लागि १३ हजार जनाभन्दा धेरैकाे आवेदन

ओकेखबर संवाददाता २३ बैशाख २०८१, आईतवार १८:३४ मा प्रकाशित ( हफ्ता अघि) १८ पाठक संख्या

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले गएको १९ गतेदेखि शुरु गरेको ‘सीप मेला २०८१’ का लागि १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका छन् । दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित महानगरले मेला शुरु गरेकामा १३ हजार जनाभन्दा धेरैले आवेदन दिएका हुन् ।

काठमाण्डौ महानगरको सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उहाँले जानकारी दिनुभयो ।

उनीहरूलाई वैशाख २८ गते शुक्रवारभित्र तालिमको तालिका उपलब्ध गराउने योजना छ । वैशाख २० गतेपछि फाराम भर्नेहरूको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

मेलाबाट १० क्षेत्रका २९ भन्दा बढी पेसासम्बन्धी तालिम दिने लक्ष्य छ ।


सम्बन्धित खबरहरु