३ वटा जहाज खरिदका लागि निगमद्वारा बोलपत्र आह्वान

ओकेखबर संवाददाता ५ कार्तिक २०८०, आईतवार १४:३२ मा प्रकाशित ( महिना अघि) ३८ पाठक संख्या

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ। इन्टरनेसल कम्पिटिटिभ बिडिङ ९आईसीबी० मार्फत निगमले जहाज खरिद गर्न लागेको हो।

आइतबार पहिलोपटक प्रकाशित गरेको सूचना अनुसार ५ डिसेम्बर २०२३ सम्ममा इच्छुक कम्पनीलाई आफ्नो प्रस्ताव पेस गर्न भनिएको छ ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो। ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ।


सम्बन्धित खबरहरु