यहीँ वर्षभित्र १० वटा जहाज किन्छौँ : मन्त्री किराँती

ओकेखबर संवाददाता २८ आश्विन २०८०, आईतवार ११:०३ मा प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले यहीँ वर्षभित्र नेपाल वायुसेवा निगमका लागि १० वटासम्म जहाज खरिद गर्ने बताएका छन्। आज बिहान मन्त्री निवास पुलचोकमा नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन (नेविसंघ) ले चाडबाडका बेलामा हुने भाडदारमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडदारमा देखिएको विसङ्गतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए। मन्त्री किरातीले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने दाबी गरे । उनले दसैँअघि नै औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने समेत बताए ।

साथै, उनले अहिले इन्धनको मूल्य बढेका कारण भाडा दर बढेको भन्दै चाडबाडका बेलामा हुने कालोबजारीलाई रोक्न मन्त्रालय सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताए।

सबै महँगी नियन्त्रण गर्न सरकारले छुट दिन सक्नुपर्ने उनको भनाइ थियो। उनले आजबाट नेपालगन्जबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दसैँभर सञ्चालन गर्ने बताएका छन्।


सम्बन्धित खबरहरु