समाज अनि युवा

रचना पाण्डे २४ आश्विन २०७७, शनिबार ११:४१ मा प्रकाशित ( साल अघि) १०५७ पाठक संख्या

समाजलाई सकारात्मकतर्फ डोराउनु , समाजमा भएका विसङ्गती र विक्रितीहरूलाई अन्त्य गर्नु र समाजलाई विकासको गति तर्फ अगाडि बढाउनुलाई नै समाज सुदृढिकरण भनिन्छ । अथवा समाजको भौतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने काम नै समाज सुधार हो ।

समाजको भौतिक अवस्थातर्फ विपन्नताबाट सम्पन्नता तर्फ, नराम्रो अवस्थाबाट राम्रो अवस्थातर्फ, यथास्थितिबाट उन्नति तर्फ लैजानुलाई समाज सुदृढिकरण भनिन्छ। समाज सुधारको रथ तान्ने आधारभुत शक्ति भनेको युवावर्ग शक्ति हो । र वास्तवमा त्यो शक्ति नै समाज सुधारको उर्जा हो ।

 

युवा शक्तिले जुनसुकै चुनौती र अवरोधहरूलाई पनि धुजा धुजा पर्न सक्छ । युवाहरूको जोशको अगाडि जस्तोसुकै कठिन चुनौतिले पनि शिर नुहुराउनै पर्छ । अतस् युवाहरूको आट र उत्साहको इन्धन प्राप्त गर्दा समाज र समग्र राष्ट्रले विकास को मार्गमा आएका जुनसुकै हाँक र बन्धनलाई सजिलै प्रकस्ट पार्न र चुडाल्न सक्छ र विकासको अभियानमा समाजले लामो फड्को मार्न सक्छ ।

 

समाज सुधारको कार्यमा प्रत्यक युवा युवतिले आ–आफ्नो क्षेत्रबाट सक्दो योगदान पुर्याइरहेका हुन्छन् । जीवन चक्रमा हरेक व्यक्ति एकपटक युवा अवस्थामा पुग्छ र उ व्यक्तिगत रूपमा कुनै पद वा ओहदामा बसेर वा नबसेरै भएपनि समाज सुधार अथवा विकासमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा सरिक हुन्छ।

इन्जिनियर , वकिल ,शिक्षक , कृषक ,लेखक , कलाकार , खेलाडी , कर्मचारी , पत्रकार , सैनिक आदि जुनसुकै क्षेत्रमा सर्वप्रथम प्रवेश युवाअवस्थामै हुन्छ । ति सेवामा प्रवेश गर्नेले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित योगदानहरू सदा समाज सुधारका निम्ति दिएकै हुन्छन् ।

 

समाजमा आउने प्रकृतिक प्रकोप , समाजिक समस्या , कुसंस्कृती , कु–संस्कार जस्ता विभिन्न समस्याहरू सिर्जना हुदा पनि समाधानका लागि युवा शक्ति नै अग्रसर भएको देखिन्छ । देशमा आइपर्ने विपद् जस्तै भुकम्म बाढिपहिरो महामारी आदि कुरामा सहयोग गर्नका निमित्त पनि प्रथम भुमिका भनेकै युवावर्गको रहन्छ। चाहे त्यो युवा कुनै वैदेशिक राष्टबाट आर्थिक सहयोग गरिरहेको हुन्छ वा देशमै रहेर पनि स्वयम उपस्थित भएर समाज मा आफ्नो भुमिका निर्वाह गरिरहेको हुन्छ।

अर्को कुरा जब युवावर्ग आफ्नो स्वार्थ भन्दा माथी रहेर काम गर्छन तब समाज रुपान्तरण का लागि धेरै समय लाग्दैन। अझ अहिले हाम्रो जस्तो विकासोउन्मुख देशमा युवा हरु आर्थिक रुपमा पनि देशको अर्थतन्त्र मजबुत बनाउन ठूलो भुमिका निर्वाह गरिरहेका छन् । कृषि उद्योग आदि क्षेत्रमा युवावर्गको उल्लेखनिय उपस्थितिले आर्थिक अवस्था दिन प्रतिदिन झन फस्टाउदै गएको छ।

 

 

वर्तमान अबस्थामा कोरोना अथर्ता महामारी रोगका कारणले सारा जगत पिडाले छटपटाएको यो संक्रमणकालीन समयमा पनि विभिन्न क्षेत्रबाट युवाहरूले अतुलनीय योगदान पुर्‍याइरहेका छन् । तसर्थ युवाहरू सदैव समाज सुदृढिकरण अर्गसर छन् भन्ने बुझिन्छ।

समिष्टमा भन्नुपर्दा समाज सुधारमा युवा वर्गको महत्त्वपूर्ण भुमिका हुन्छ भन्ने कुरो जिवन्त छ । इतिहासको पाना पल्टाउदै जाँदा प्रत्यक समाज अथवा राष्ट्रका सिमारेखाहरू र मापदण्डहरू युवाहरूको रगतबाट कोरिएका छन् भने उनीहरूमा विकृति , विसंगति , निराश र कुण्ठ जागृत हुन नदिई दलिय र ब्यक्तिगत स्वार्थभन्दा माथि उठि सामाजिक स्वार्थमा उनिहरूलाई प्रयोग गर्दा समाजको कायापलटनै हुन गएको छ।

 

समाज र राष्ट्र विकासको गहकिलो कुलतमा बरालिन नदिई उनिहरूलाई जोस र होसका साथ कम्मर कसेर अगाडि बढ्नका लागि अनुकूल वातावरण बनाईदिएमा मुलुकको र समाजको सुधार र समग्र विकासमा युवा वर्गले उल्लेखनीय भुमिका निर्वाहा गर्न सक्छन् । समाजको भौतिक सुधार र विकास मा युवाहरूले अनुकरणीय दृष्टान्त प्रस्तुत गर्न सक्छन् ।

लेखक रचना पाण्डे विद्यार्थी नेता हुन।


सम्बन्धित खबरहरु