श्रमिकहरु हाम्रो समाजको त्यो तप्का हो, जस्को मेहनत र पसिनामा समस्त देशको आर्थिक उन्नती टिकेको हुन्छ । मानवीयय श्रमको आदर्श उदाहरण नै श्रमिकहरु हुन । हरेक प्रकारको काम को हरेक सेक्टर को धुरी नै हुन भन्दा फरक पर्दैन । आजको मेशिन युगमा पनि श्रमिकहरुको महत्व कम छैन । उध्योग, व्यापार, कृषि, भवन निर्माण, पुल, सडक निर्माण आदि हरेक क्रियाकलापमा श्रमिकहरु को श्रम योगदान महत्त्वपूर्ण छ ।श्रमिक श्रम बेच्छ बदलामा न्युनतम मजदुरी प्राप्त गर्छ ।
श्रमिकहरु को जिवनयापन नै दैनिक मजदुरिमा आधार रहेको हुन्छ ।जबसम्म काम पाउन सक्षम हुन्छ तबसम्म उसको गुजारा हुन्छ । जुनदिन अशक्त भएर काम गर्न सक्दैन त्यसपछि अरुसँग निर्भर रहनु पर्छ । करिब करिब असंगठित क्षेत्रका मजदुर हरुको हालत यहि नै छ, संगठित मजदुर हरुको भन्दा । असंगठित मजदुर हरुको ज्याला बेतन संगठित मजदुर हरुको भन्दा कम हुन्छ र उनिहरुलाइ क्ञै प्रकारको सामाजिक सुरक्षा पनि प्राप्त हुदैन । अहिलेको यस कोभिड-१९ को महामारी को बड्दो महा संकटले हरेक मानिसहरुको काम ठप्प भएर रोजि रोटिको भयङकर समस्या परिरहेको अवस्थामा सामान्य मजदुरी गरेर हात मुख जोड्न पर्ने मजदुरहरु सबै भन्दा बडि प्रभावित भएका छन् ।
रेस्टुरेन्ट, होटल, सवारी साधन, ठेला गाडा, रिक्सा, घर निर्माण देखि हरेक सेक्टरमा ज्यालादारी काम गरि खाने श्रमिकहरुको अवस्था ज्यादै नाजुक देखिएको छ ।हरेक सेक्टरमा काम गर्ने मजदुरहरुलाइ घरमै सिमित रहन आदेश दिइएको छ । तलबको सुविधा दिइएको छैन । (सरकारी कर्मचारी हरु बाहेक) हरेक कामहरु सिमित भएका छन । साबधानी का लागि घर बाट निस्किएका छैनन । त्यसकारण श्रमिकहरु लाई हात मुख जोड्न धौ धौ परिरहेको छ । यस कोभिड-१९ महामारी ले रोजगार दाता हरु को पनि काम धन्धा पनि बन्द भएर घाटामा भएको हुनाले आर्थिक नाजुक अवस्थामा छ, यो कारण पनि श्रमिकहरुको अवस्था भयावह हुन सक्ने देखिने अवस्था सृजना भएको छ ।
श्रमिकहरु आफ्नो कार्यस्थल छोडेर घर गाउँ फर्कने कारण मजदुर हरुको खडेरी पर्ने अवस्थापनि टड्कारो रुपमा देखिएको छ । त्यसले औद्योगिक कलकारखाना प्रभावित हुने नै छ । यस्तो अप्रत्याशित स्थितिका लागि देशका जिम्मेवार व्यक्ति एवंम पदाधिकारी हरु मौन बस्नु भनेको यस्तो महामारी बाट अर्को विकराल स्थिती निम्ताउनु हो । यसरी श्रमिकहरुका लागि गरिएको बेवास्ताले देशमा सामाजिक आर्थिक प्रभाव देखिनेछ ।
हुनत सरकार राहत घोषणा गर्न सक्छ होला, तर ती कार्वान्यन हुने छैनन राजनीतिक खिचातानीले । दुई चार सामाजिक संघ संस्थाले अनि ब्यक्तिगत तवरले गरिएका तत्कालीन राहत व्यस्थास्थाले श्रमिकहरुको दीर्घकालीन समस्याहरु टर्ने संभावना देखिदैन । भोलिका दिनमा खाद्यान्न अभावले श्रमिकहरुका स्वास्थ समस्या देखिए कसलाइ जिम्मेवार ठहर्याउने ? आज सम्म भएका लकडाउन मा के कहाँ कति श्रमिक हरु संक्रमित शिकार भएका थिए छन् भन्ने विषयमा लेखा जोखा भएको देखिदैन् । यस विषय मा सरकार मौन देखिएको छ ।
भोलिका दिन मा सहर बाट गाउँ फर्केका श्रमिकहरुमा रोग देखिएमा शहर सिमित महामारी गाउमा फैलिन सक्ने संभावना बड्ने मा दुई मत छैन ।सरकारले जहाँ छौ त्यही रोकिएर बस भनेको छ ।ल रोकिएर बसे रे भने सरकार ले बस्ने खाने को के कस्तो कहाँ व्यवस्थापन गरेको छ त ? त्यसैले अब पनि श्रमिकहरु को जिविका का लागि कदम नचाल्ने हो भने स्थिती भयावह नहोला भन्न सकिन्न किनकी भोख नै अवको विकराल समस्या हुने भएको ले देशमा आर्थिक र राजनीतिक समस्या भीषण हुने देखिन्छ ।
लेखक सपना अर्याल राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ महिला प्रमुख हुन् ।