इच्छाविपरीत प्रहरीले अस्पताल लगेकाे भन्दै डा. केसीले मागे डिस्चार्ज

ओकेखबर संवाददाता ६ आश्विन २०७७, मंगलवार १७:३४ मा प्रकाशित ( साल अघि) ६२१ पाठक संख्या

काठमाडौं । चिकित्सा शिक्षामा सुधार तथा सुशासनको माग राख्दै अनसनरत डा. गोविन्द केसीले अस्पतालसँग डिस्चार्ज माग गरेका छन् ।

उनले मंगलबार ६:१५ मा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिने तयारी गरेका छन् ।

उनले पत्रकार सम्मेलनमा अब के गर्ने र कहाँ गएर अनशन बस्नेबारे जानकारी दिने उनका एक सहयोगीले जानकारी दिए ।

उनलाई आज मध्याह्न नेपालगञ्जबाट काठमाडौं ल्याइएको थियो । इच्छाविपरीत प्रहरीले ट्रमा सेन्टरमा ल्याएको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

डा केसीले १९औँ पटकको अनशन जुम्लाबाट सुरु गरेका थिए । आज उनको अनशनको ९औँ दिन हो ।


सम्बन्धित खबरहरु