सन् २०२२ अघि कोरोना संक्रमण निर्मूल हुन सक्दैन : डब्ल्युएचओ

ओकेखबर संवाददाता १ आश्विन २०७७, बिहीबार १३:२६ मा प्रकाशित ( साल अघि) ४९४ पाठक संख्या

एजेन्सी । पुरै विश्वलाई आक्रान्त पारेको कोरोना भाइरस संक्रमणलाई निर्मुल पार्ने प्रभावशाली खोप अहिले सबैको पर्खाइको विषय हो । तर विश्वभरका मानिसहरुको यो सोंच र कल्पनामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) की मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनको भनाइले तुषारापात गरिदिएको छ ।

उनको भनाई अनुसार सन २०२२ अघि कोरोना भाइरसविरुद्धको खोप पर्याप्त मात्रामा उपलब्ध हुन सक्दैन । उनका अनुसार आउँदो जनवरीमा पुरै विश्वले कोरोनाविरुद्धको खोप पाउने र जनजीवन समान्य बन्छ भन्ने आम मानिसहरुको आसा पुरा हुन सम्भव छैन । किनकी सन २०२१ को सुरुवातमा खोपको नतिजा देखिन थाल्ने छ । जसअनुसार २०२१ को मध्यसम्म खोपको सही मुल्यांकन गर्न सकिनेछ ।

डा।स्वामीनाथनले भनिन, “डब्ल्युएचओ र कोभेक्सको पहलमा आवश्यकतालाई हेरि विभिन्न मुलुकहरुलाई न्यायसंगत रुपमा कोरोनाविरुद्धको खोप उपलब्ध गराइने छ । तर यसका लागि खोपको करोडौं डोज उत्पादन गर्नुपर्छ । जुन काम अर्को बर्षको मध्यसम्ममा गर्न सकिने सम्भावना रहेको छ । त्यसपछि १७० मुलुकहरुलाई उनीहरुको अर्थब्यवस्था अनुसार केही न केही मात्रामा खोप वितरण गरिने छ । यसो गर्दा समय त लाग्छ नै ।”

 

उनका अनुसार कोरोनाविरुद्धको खोप उत्पादन नबढुञ्जेल मास्क लगाउने र सामाजिक दुरी कायम गर्नुपर्ने नियममा केही न केही परिवर्तन ल्याउनकै लागि भएपनि निकै कम संख्यामा खोप उपलब्ध गराउन सकिने सम्भावना पनि छ । सन २०२१ को अन्त्यसम्म खोपको दुई अरब डोज प्राप्त गर्न सकियोस भन्ने लक्ष्य डब्ल्युएचओको रहेको उनले बताइन । यद्यपी खोप विकास र उत्पादनमा चीन निकै आक्रामक गतीमा अघि बढिरहेको छ ।

यद्यपी यो महामारीको समय भएकाले आपतकालिन प्रयोगका लागि कतिपय देशका नियामक निकायहरुले यस्तो निर्णय लिन सक्छन तर यसका लागि पनि मापदण्ड तयार गर्न जरुरी हुन्छ । आम मानिसको जीवन महत्वपूर्ण भएकाले खोपको प्रभावको सही मुल्यांकनमा जोड दिइएको स्वामीनाथनले बताइन ।

 

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले छिट्टै खोपको ईमर्जेन्सी प्रयोगको गाइडलाईन जारी गर्न सक्ने परिस्थितिलाई पनि उनले नकार्न सकिनन् । चीनले जुलाईदेखि नै आफ्ना पदाधिकारीहरुमा ‘इमरजेन्सी युज अथोराइजेशन’ नीति अनुसार खोपको प्रयोग गरिसकेको छ । जबकी चीनले आफ्ना सेनालाई जुन महिनादेखि नै कोरोनाविरुद्धको खोप दिन सुरु गरिसकेको छ ।

चीन र अमेरिकाबीच देखिएको खोप प्रयोगको यो प्रतिस्पर्धा बारे प्रश्न गर्दा डब्ल्युएचओकी मुख्य वैज्ञानिक डा।सौम्या स्वामीनाथनले विभिन्न मुलुकका नियामक निकायहरुलाई आफ्नो सिमामा रहेर यस्तो निर्णय गर्ने अधिकार रहेको स्विकारिन । तर अन्तिम चरणको खोप परीक्षणका सबै शर्तहरु पुरा नगरे ईमरजेन्सी लाइसेन्स रद्ध गर्न सकिने उनले बताएको सिएनएनले जनाएको छ ।

 


सम्बन्धित खबरहरु