कोरोनाबाट अमेरिकामा ७७ हजार भन्दा बढीको मृत्यु, विश्वभर मृतक संख्या २ लाख ७२ हजार नाघ्यो

ओकेखबर संवाददाता २६ बैशाख २०७७, शुक्रबार २२:१४ मा प्रकाशित ( साल अघि) ६१८ पाठक संख्या

कोरोना भाइरस (कोभिड–१९) बाट अमेरिकामा झण्डै १३ लाख मानिस संक्रमित भएका छन् ।
चिनको वुहानबाट फैलिएको कोभिड –१९बाट अमेरिकामा हालसम्म १२ लाख ९६ हजार ८७९ जना संक्रमित भइसकेका छन् । यसमध्ये ७७ हजार १९० जनाको ज्यान गइसकेको छ ।
२ लाख १८ हजार ८३३ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । भने १६ हजार ९८५ संक्रमितको अवस्था गम्भिर छ ।

ओल्डोमिर्टसका अनुसार पछिल्लो समय अमेरिकामा केन्द्रविन्दु बनाएको कोरोना भाइरसका कारण विश्वभर २ लाख ७२ हजार ५९ जनाको मृत्यु भएको छ । भने ३९ लाख ९५ हजार ७९४ संक्रमित भइसकेका छन् यी मध्ये ४९ हजार भन्दा बढीको अवस्था गम्भिर छ । १३ लाख ६२ हजार भन्दा धेरै संक्रमित निको भएर घर फर्किसकेका छन् ।


सम्बन्धित खबरहरु