कोभिड–१९ : कारागारबाट छाडियो कैदी

ओकेखबर संवाददाता १७ चैत्र २०७६, सोमबार १९:४६ मा प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राजविराजस्थित कारागारबाट चार कैदीबन्दीलाई छाडिएको छ ।

जिल्ला अदालतको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका चार कैदीबन्दीलाई छाडिएको राजविराज कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । छाडिएकाहरु बहुबिवाह र कुटपिट मुद्दाका आरोपित हुन ।

कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय पाएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयबापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीलाई छाडिएको जेलर यादवले बताउनभयो ।

कूल १२५ जना क्षमता रहेको कारागारमा हाल एक बालक र १६ महिलासहित २३३ कैदीबन्दी छन् ।


सम्बन्धित खबरहरु