कोरोना आतंक : मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिका भयावह

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार ०७:२३ मा प्रकाशित ( साल अघि) ४७३ पाठक संख्या

एजेन्सी । कोभिड–१९ संक्रमितको संख्या केहि दिनसम्म चिनमा बढि थियो । तर यतिबेला चिनमा कोरोना भाइरसको संक्रमण नियन्त्रण भएतापनि विश्वभर फैलिने क्रम दिनप्रतिदिन बढ्दो छ ।

त्यसो त विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख ९६ हजार नाघेको छ।
विश्वभर २७ हजार ३४१ जनाको मृत्यु भइसकेको छ । भने एक लाख ३३ हजार भन्दा बढीको सफल उपचार भएको छ ।

कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ।

वर्ल्डओमिटरका अनुसार अमेरिकामा हालसम्मा संक्रमितको संख्या १ लाख ३ हजार ७९८ पुगिसकेको छ । भने मृत्यु हुनेको संख्या अमेरिकामा १ हजार ६९३ पुगिसकेको छ ।
इटलिमा पनि संक्रमितको संख्या ८६ हजार ४९८ पुगिसकेको छ । त्याहाँ संक्रमणबाट ९ हजार १३४ जनाको ज्यान गइसकेको छ ।

विश्वमा अन्य युरोपियन देशहरु संक्रमणको टार्गेगमा परेका छन् । स्पेन, जर्मनी, फ्रान्स, इरान लगायतका देशहरुमा पनि संक्रमितको संख्या दिन प्रतिदिन उकालो लाग्दै छ । स्पेनमा ५ हजार १३८ जनाको मृत्यु भइसकेको छ । इरानमा २ हजार ३७८ जना, फ्रान्समा १ हजार ९९५ जनाको मृत्यु भइसकेको छ ।

यता चीनमा पछिल्लो थप ४५ संक्रमित गरि कुल सङ्क्रमितको सङ्ख्या ८१ हजार ३९४ जना छन् । चिनमा अहिलेसम्ममा ३ हजार २९५ जनाको संक्रमाणका कारण मृत्यु भइसकेका छ ।

 


सम्बन्धित खबरहरु