बलात्कार मुद्दामा पूर्व सभामुख महरा निर्दोष ठहर

ओकेखबर संवाददाता ५ फाल्गुन २०७६, सोमबार १५:२६ मा प्रकाशित ( साल अघि) ४१८ पाठक संख्या

काठमाडौं। पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् ।  जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महारालाई सोमबार सफाइ पाएका हुन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महरालाई सफाइ दिएको हो ।
अदालतको यो फैसलासँगै जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा छुट्ने भएका छन् ।

महराका पक्षमा वरिष्ठ अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा। भीमार्जून आचार्य र सविता भण्डारी बराल तथा अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा.दीनमणि पोखरेलले बहस गरेका थिए ।

१२ असोज आइतबार राति महरा रक्सीको बोतल बोकेर शाहीको तीनकुनेस्थित डेरामा पुगेका थिए । त्यसको भोलिपल्ट शाहीले मिडियालाई महराले आफूमाथि बलात्कार र हातपात गरेको आरोप लगाएकी थिइन् ।

गत १९ असोजमा महरालाई प्रहरीले पक्राउ गरेको थियो। त्यसको करिब एक महिना अर्थात् १८ कात्तिकमा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


सम्बन्धित खबरहरु