पहाडी केही ठाउँको मौसम आंशिक बदली, धेरै ठाउँमा सफा

ओकेखबर संवाददाता ५ बैशाख २०८१, बुधबार १०:१३ मा प्रकाशित ( हफ्ता अघि) २४ पाठक संख्या

काठमाण्डौ – आज पहाडी केही ठाउँको मौसम आंशिक बदली छ । अरु धेरै ठाउँमा मौसम सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ ।

महाशाखाका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हुरीबतास चल्न सक्ने सम्भावना छ ।


सम्बन्धित खबरहरु