नागढुंगा सुरूङ छिचोलिँदै, प्रधानमन्त्री सहभागी हुने

ओकेखबर संवाददाता ३ बैशाख २०८१, सोमबार ०८:१८ मा प्रकाशित ( हफ्ता अघि) २५ पाठक संख्या

काठमाडौँ । गढुङ्गा-सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रु’ हुने भएको छ । नागढुङ्गा सुरुङ निर्माण परियोजनाका अनुसार आज एक औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो । सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदैछन् ।

चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रु भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ ।आयो

जना निर्माणको सुरुवाती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नु पथ्र्यो । आयोजनामा तीनवटा अण्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । काठमाडौं उपत्यका जोड्ने २.६ किमि लम्बाइको नागढुंगा सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी) को सहुलियतपूर्ण ऋणसँगै नेपालको स्रोतमा निर्माण भइरहेको छ ।

यो सुरुङमार्गमा २२ अर्ब ठेक्का सम्झौता भएकोमा एडीबीको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक स्रोत लगानी भएको छ । सुरुङ मार्गमा अब करिब १ मिटर मात्रै पूरा हुन बाँकी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय महाशाखा प्रमुख भीमार्जुन अधिकारीले सुरुङमार्ग ब्रेक थ्रु भए पनि केही जग्गाका समस्या कायम रहेको बताए ।

‘बलम्बुमा फ्लाई ओभरको जग्गा मुआब्जा र सिस्नेखोलातर्फ रिफ्रेसिङ सेन्टर निर्माणमा जग्गाको काम बाँकी छ’, अधिकारीले भने, ‘सुरुङमार्गमा कंक्रिटको काम सकिएपछि बल्ल गाडी गुड्छन् ।’ नागढुंगा सुरुङमार्ग छेडिँदा करिब ५ किलोमिटर छोटो हुने सडक विभागले जनाएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते सुरुङमार्गको शिलान्यास गरेका थिए । २२ अर्बको आयोजना शिलान्यास गर्दा पनि भौतिक पूर्वाधारमन्त्री महासेठ नै थिए । जापानी कम्पनी हाजमा अन्दो कर्पोरेसनले यसको निर्माण गरिरहेका छन् । यसबाट नेपाली इन्जिनियरले समेत प्राविधिक ज्ञान पाएका छन् ।


सम्बन्धित खबरहरु