अफगानिस्तानको केन्द्रीय बैङ्कले एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दै

ओकेखबर संवाददाता १४ माघ २०८०, आईतवार ०७:१२ मा प्रकाशित ( महिना अघि) ८८ पाठक संख्या

काठमाडौं । अफगानिस्तानको केन्द्रीय बैङ्कले आज एक करोड ६० लाख अमेरिकी डलर लिलामी गर्दैछ । राष्ट्रिय मुद्राको विनिमय दर स्थिर पार्न अमेरिकी डलर लिलामी गर्न लागेको बैङ्क द अफगानिस्तानलाई उद्धृत गर्दै चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

बैङ्कले निकालेको विज्ञप्तिमा अमेरिकी डलरको तुलनामा अफगानिस्तानको मुद्रा पछिल्ला दुई हप्ताहरूमा निकै खस्किरहेको छ । गएको हप्ता एक अमेरिकी डलरको विनिमयदर ६९ दशमलव ९ अफगानी थियो भने हिजो स्थानीय विनिमय बजारमा ७३ दशमलव ४ अफगानी पुग्यो ।

डलरको तुलनामा आफ्नो मुद्रा कमजोर हुँदै गएपछि अफगानिस्तानको केन्द्रीय बैङ्कले आफ्नो मुद्राको अवमूल्यन रोक्न बितेका केही महिनामा विनिमय बजारहरूमा लाखौँ अमेरिकी डलर प्रवेश गराएको छ।


सम्बन्धित खबरहरु